प्राय नव नायकसंगको सम्बन्धका कारण चर्चामा आउने नेपालकी नं १ नायिका रेखा थापाले उनका अहिलेका पति छवि ओझासंग डिभोर्स गरिसकेको उनि नजिकको स्रोतले दावी गरेको छ। उनिहरु दुइजनाबिच छुट्टिने पहिल्लै सहमति भइसकेको र रेखा विवाहको लागी योग्य बर खोज्दै गरेको पनि बुझीन आएको छ। त्यसको प्रमाणको रुपमा उनले आफ्नो फेसबुकको स्टाटसमा रिलेसनसिप स्टाटसमा सिंगल लेखेकी छन। हाल अस्ट्रेलियामा रहेकी रेखाले बोल्ड डिसिजन लिने मनस्थिति संगै नेपाल फर्केने संभावना समेत रहेको उननजिका एक साथिले बताएका छन। जे होस अव उनि अर्को विवाहको तयारीमा रहेको भने अव लगभग पुष्टी भएको छ ।
Click Note
Wednesday, March 9, 2011
मुन्नि बदनाम हुई
समय यति सेक्सिलो भएको छ कि कयौँ दृश्यहरु यही आँखाले देख्न पाइएको छ । तर कन्भिन्स हुन गाह्रो छ । सोसाइटी कति चेन्ज भएको हो । यही स्केल कायम रहे के होला अबको जेनेरेसन विहान ४ नबज्दै मन्दिरमा पुगेका छन् योवनाहरु । अरु बेला विहान ८ बजेसम्म बेडमा रल्लिने र सिरकभित्र एसएमएसमा रत्तिनेहरु शारदीय चिसोमा छोटा र पातला कपडामा मन्दिरमा पुगेका छन् । अँगालो मारेका छन् । ओठओठ जोडेका छन् । योङ जेनेरेसनको यो चेन्जलाई रिफ्रेस गराइदिएको छ चाडपर्वको मन्दिर दर्शनले । बढ्दै गरेको चिसोलाई मन्दिरको दर्शन बहानाले मायालाई भने तातो पारिरहेको छ । एसएमएस गरेर विहानै मन्दिरमा डेट गर्न जाने र पेटभरि माया साटेर फर्कनेहरुले निधारमा रातो टीका देखाइदिएपछि हाम्रा अभिभावकहरु पनि छोराछोरी धार्मिक भए भनेर मख्ख । छोराछोरीहरु पनि उमेरमा उम्दाको मायाको उडान मन्दिरकै छेउछाउमा भर्न पाउँदा मख्ख । कलेजका घण्टीहरु हाप्न पनि नपर्ने । त्यसमाथि को कति सेक्सी आउट डेस्रमा डेटिङ । फिटिङका पाइन्ट र फिटिङका मायाका सिटिङ । अनि बिहानै मन्दिरमा देवताका कामोत्तेजना आउने टुँडालले बाँध्छ मायाहरुलाई । टुँडाल राख्नेहरुले मन्दिरमा चट्याङ नपार्न यसो गरेका रे ! यो विचरो योङ जेनेरेसनलाई यो कहानी के थाहा उनीहरुलाई काउकुती लागेर आउँछ टुँडाल हेर्दा । भगवानहरु पनि कति छिल्लिएका कोही कता फर्केर कोही कता फर्काएर के गरेको त्यो लाजै लागेर आउने ! अनि भगवानहरु बदमास मूर्ति बनाउने रु कि हामी मायालुको हात समाउँदै मन्दिर पुग्ने बदमास मूर्तिले पनि मनमा नराम्रो चट्याङ पार्छ । अनि एक अँगालो मायाको भारी बोकेर कुद्छन् मन्दिरबाट कतै भारी बिसाउन । मायाको स्वाद मिसाउन ।
बिल्कुल, कलेज होलिडे छ । स्कुलेहरु पनि भ्याकेसन होमवर्क सकेर फ्रि छन् । अभिभावकले छाडा छोडेका छन् । मन्दिर जाने भनेर सिनेमा गए पनि भएको छ । सेकुवा कर्नरमा घुसेर एक हाप खसीको सेकुवा र एक क्यान बियर पिए पनि भएको छ । कर्नरको सेकुवा पसलमा लास्ट बेन्च । पर्दाले हल्का बेरेर बारिएको एउटा सानो कर्नर जहाँ धित मारेर माया गर्नेहरुलाई ठूलो मैदान । क्यान बियरको चुस्की सेकुवाको स्वाद । प्यासा दिलहरु सावासावा हुन लालयित छन् । पुलकित नजरहरुले चिउँडोदेखि नयनस्पर्श गर्छन् । अलि वर आउन कथा सुरु हुन्छ मुन्नी र मुन्नाहरुको ।
ऋतुका हिसाबले शरद ऋतु मायाको खेतीपाती गर्ने मौसम नै हो । त्यसमाथि मान्छे सेकुवा वासी भएपनि तातो झिरमा उनेर आगाका भुंङ्रोमा तताएर ट्वाक्क जिभ्रो पड्काउँदै खाने लोभ गर्छ । बेफिक्री घुमघाम । थाहा छैन कसको कतिऔँ लभ हो यो । पुराना कुरा सोध्न भएन । फ्रीजमा राखेको वासी भएपनि कोइलामा पोलेपछि सेकुवा तातो र फ्रेस भएझैँ हेर्दा सबै नयाँ र सेक्सी लाग्छन् । यसपालिको चाडवाडमा यहीसँग उडान भर्न पाए पुग्छ । मनको लालसा यति नै हो । सेकुवा फेरिफेरि खानुपर्छ । मुन्ना र मुन्नीले सोचेका यही छन् । तर भन्न सक्दैनन् । मायाको माहौल । त्यसमाथि फेसबुकमा इन्भाइट र एसएमएसको वर्षा । कुर्कुरे मनहरु लछप्पै भिज्छन् मायाले । अनि सेकुवा कर्नरको भेटघाटसम्म पुग्दा मायाको अन्तिम निष्कर्ष निकाल्न लालयित हुन्छन् जोडीहरु । मायाको यामले धेरैलाई अहिले मन्दिर पुर्याएको छ । धेरैलाई सेकुवा कर्नर पुर्याएको छ र धेरैलाई सिनेमा हलमा अँगालो मारेर दबङ हेर्ने बनाएको छ । आखिर जो छ संसार मायामै छ । मुन्नी र मुन्नालाई फेरि माया गर्न विदा नै कहाँ मिल्छ र यसरी
हुन त गुनासो कसैसँग केही गनुपर्ने छैन । गुनासो गरेर पनि के हुन्छ अभिभावकलाई चिन्ता छैन । माया गर्नेहरु मख्ख छन् । उनीहरुलाई यौन प्रजनन स्वास्थ्यका बारेमा थाहा नभए पनि मायाको अनुभव गर्ने हतारो छ । आखिर कोहीलाई भने दहीमा चिनी मलाई भने पानी नि नदिने भनेर मन परेको मान्छेलाई गुनासो गर्न कहाँ नै दिन हुन्छ र एकपटक माया लगाएपछि फेरि कल रिसिभ गर्ने नगर्ने सोचौँला । माया महँगो परे एबोस्रन सेन्टर पुगौँला । अहिलेलाई बुझौँ मायाको याम आएको छ र माया गर्नेहरुलाई स्थानको अभाव छ । यत्रो माया गर्ने उमेरकाहरुलाई माया गर्ने ठाउँ कहाँ छ, त्यही मन्दिर, त्यही सिनेमा हल, त्यही सेकुवा कर्नर । धित मारेर माया गर्नेलाई लभर्स पार्कको अभाव छ हामीकहाँ । त्यसैले त बाइकमा बाउ छोरी उमेरकी ठिटी च्यापेर नगरकोट हान्निएको छ । छोरी कुनै मुर्गा खोजेर बाइकमै नगरकोटकै एउटा होटलमा रात बिताउन गएको छ । आमा पनि के कम । छिमेकमै भजनकीर्तनका नाममा माया जोड्न रातभर जाग्राम बसेकी छन् । आखिर संसार माया नै मायाको भकारी हो । जति माया गरे पनि नसकिने मायाको समुन्द्रमा एकपटक डुबुल्की मार्नेहरुलाई शरद ऋतुले झन साथ दिएको छ । तपाइँ जसलाई फोन गर्नुस् , भन्छ उ म मिटिङमा बिजी छु । तर नेपथ्यमा गीत गुन्जिरहेको हुन्छ मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए । जब मायामा सब बदनाम हुन लालियत छन् भने समाज सेक्सिलो भयो भनेर तपाइँ हामीले चिन्ता गरेर हुन्छ ।
--
Subscribe to:
Posts (Atom)